Home साहित्यलघुकथा लघुकथा :जान्ने धामी – शान्ता तिम्सिना

लघुकथा :जान्ने धामी – शान्ता तिम्सिना

by Shanta Timsina
0 comments

आमा मेरो पेट दुख्यो। स्कुल जानेबेलामा छोरा करायो।
स्कुल जानपर्छ भनेर बहाना बनाउँछ । अस्ति नै पनि त्यस्तै गर्यो र गयल भयो। आज फेरि बहाना बनाउन थाल्यो। खुरुक्क जा। साथीहरू गइसके। यति भन्दै उनी हातमा बर्को  च्यापेर पर्म तिर्न हिँडिन्  ।
बेलुका साँझमा घर फर्किदा छोरा  ऐया आमा भन्दै छटपटाइरहेको  थियो। छोराको अवस्था देखेर झट्पट्ट फु फाक गर्नेको खोजी तिर लागिन्  । फु फाक धामीले  आफ्नो मन्त्रतन्त्रले फुकिदिए ।  यो फुकफाक गरेर सञ्चो हुने बिमार होइन भाउजु। मैले अस्ति  भनेको होइन  तुरुन्तै अस्पताल लगिहाल्नुहोस् भनेर। वास्तै गर्नुभएन ।   ग्रामीण भेकमा सवारी साधनको सुविधा थिएन।  ६ वर्षे बाबुलाई  अस्पताल तिर   लैजाने चाँजो मिलाउदै थिइन्
हेर्दाहेर्दै छर छिमेकका मान्छेहरू जुटे।

उपस्थित धेरैको नजरमा बोक्सिले नै कलेजो मुटु खाएर  बचाउन गाह्राे हुने   भन्दै थिए।  अलिपर घर भएकी बिधवा महिलालाई आरोप लगाउन समेत भ्याए केहिले।भिड उनको आँगनमा देखा पर्न थाल्यो। कोही केरकार गर्न थाले। कोही जगल्टा उखेल्न थाले। ती महिना आफू बोक्सी नभएको भन्दै अनुनय बिनय गर्दै थिइन् ।
बाबू लाई जसोतसो अस्पताल पुर्याइयो।
डाक्टरले खानपिनमा तल बितल परेकोले यस्तो भएको र आज नल्याएको भए मृत्यु हुने बताए।
बुझ्नेजतिले  धामिलाई धन्यवाद दिए।

शान्ता तिम्सिना
भक्तपुर

You may also like

Leave a Comment

Genuine Axis – Just Genuine Is The One Stop Service Provider Company.

Find Us On Faceboo

Follow Us On Insta

Multi-Purpose Business Company.